Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हुरीसहित वर्षा


सूचना कुण्ड
स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हुरीसहित वर्षा

काठमाडौँ, जेठ२२ : काठमाडौं लगायत देश को मध्यभागमा मध्यमदेखि केहि ठाउँमा भारी वर्षा र हावाहुरी गराउने बादल मधेसको जनक्पुरसम्म फैलिएको छ । २-३ घन्टा सक्रिय हुने । दिउसो ११.४५ बजे को भुउपग्र मा आधारित । पश्चिम वायुर उत्तर प्रदेश देखि बिहार मा बनेकोन प्रणाली को सयुक्त प्रभाव रहेको छ ।      
स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।    
    
काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।    
    
यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ ।    
    
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।    
    
महाशाखाका अनुसार कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।    
    
यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ ।   –––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend