Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी   


सूचना कुण्ड
 चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी   

दाङ, जेठ २१ :  घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बन्नुभएको छ ।    
    
बुबा—बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्नुहुन्छ । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ ।    
“एउटा गैजालाई रु तीन सयमा र स्याङोलाई रु पाँच सयमा बिक्री गर्ने गरेको छु । गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन”, उहाँले भन्नुभयो,“मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ ।”    
दिनमा चारवटासम्म गैजा बुन्ने गर्नुभएका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्नुहुन्छ । “अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन । धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउनुहुन्छ , त्यसमा पनि पैसा आउँछ”, चौधरी भन्नुहुन्छ,“स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरूपमा काम अगाडि बढाउने सोच छ ।”    
    
घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेशामा पछिल्लो पुस्ता भने आकर्षित छैन । उहाँलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ । “मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ । अहिले त लगानी गरेमा व्यावसायिकरूपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन् । अब स्थानीय सरकारले यस्ता परम्परायत सीपको प्रवर्द्धन गर्न जरूरी छ”, चौधरीको अनुरोध छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend