Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सशस्त्र प्रहरीका प्रशिक्षार्थी अधिकृतले  अनिवार्य बञ्जीजम्प गर्नै पर्ने  


सूचना कुण्ड
सशस्त्र प्रहरीका प्रशिक्षार्थी अधिकृतले  अनिवार्य बञ्जीजम्प गर्नै पर्ने  

काठमाडौँ, जेठ ८ :  सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी जम्प गर्नुभएको छ ।    
    
 सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी अधिकृतले साहसिक तालिमअन्तर्गत आज बञ्जीजम्प गर्नुभएकाे तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अधिकृतस्तरका प्रशिक्षार्थीलाई दिने साहसिक प्याकेजमा यसपटक बञ्जीजम्प थप गरिएको उहाँले बताउनुभयो ।    
    
 द क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गर्नुभयो । कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा स्वीङ, बन्जीजम्प, स्काइ साइक्लिङलगायतका विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend