Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आज मोहिनी एकादशी :  व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने  


सूचना कुण्ड
आज मोहिनी एकादशी :  व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने  


काठमाडौँ, जेठ६  : दुःख र पापबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीका दिन ‘मोहिनी एकादशी’ पर्व मनाइन्छ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।    
    
 यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।    
    
 वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको थियो । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग यो जिज्ञासा राखेपछि यसको महत्वका बारेमा उहाँले प्रष्ट पार्नुभएको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको भट्टराईले बताउनुभयो ।    
    
 गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतका बारेमा प्रष्ट पार्नुभएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend