Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गोदावरी मेयरकप प्रतियोगिता : चन्द्रागिरि उपविजेता


सूचना कुण्ड
गोदावरी मेयरकप प्रतियोगिता :  चन्द्रागिरि उपविजेता

काठमाडौँ,, जेठ ५ : चन्द्रागिरि नगरपालिका गोदावरी मेयर कप प्रतियोगिताको  उपविजेता भएको छ । उपविजेता भएसँग उसले नगद तीनलाख सहित मेडलमा चित्त बुझाउनु परेको छ । यसैगरी काठमाडौ महानगरपालिका प्रतियोगिताको विजेता भइ पाँचलाख नगद मेडल हात पारेको छ ।

आज गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।  खेलको ६९ औं मिनेटमा काठमाडौं महानगरपालिकाका अखिलेश कार्कीले पहिलो गोल गरेका थिए । अन्त्यन्त रोमाञ्चकारी खेलमा चन्द्रागिरि नगरपालिकाका अविरल रिजालले खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए  । लगत्तै काठमाडौंका दिपेश श्रेष्ठले गोल गरेपछि खेल काठमाडौं महानगरपालिकाले २–१ ले जितेको  हो ।  
     
गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षात्का कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताउनुभयो ।    
    
गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend