Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले  सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया   


सूचना कुण्ड
डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले  सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया   



चितवन, जेठ५ : चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।    
    
 वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलोपटक गरिएको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ ।    
    
 डा श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन हुनुहुन्छ । उहाँले २०५० सालदेखि शल्यक्रिया गर्दै आउनुभएको छ । यसअघि ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उहाँको अनुभव छ । डा श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा सुरेश गौतम, डा इन्द्रनारायण श्रेष्ठ, डा रवीन्द्र केसी, डा सागर भुसाल, डा सुधीर रेग्मी, डा मणिप्रसाद गौतम, डा किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायतको संलग्नता रहेको थियो । अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताउनुभयो । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ, बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहनुभएको थियो, हामीलाई उहाँहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उहाँले भन्नुभयो, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आउनुभयो ।”    
    
 तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा श्रेष्ठले बताउनुभयो । वृद्धाको स्तनमा दुई दशमलब पाँच सेन्टिमिटरको गिर्खा थियो ।    
    
 “अहिले सिटिस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री ९आइएचसी० परीक्षणका लागि नमूना भारत पठाएका छौँ”, उहाँले भन्नुभयो, “उहाँले ९७ वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाउनुभयो ।”    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend