Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु , एक घाइते   


सूचना कुण्ड
कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु , एक घाइते   

    

मकवानपुर, जेठ ५: जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।    
    
 जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।    
    
 दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend