Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मलङ्गवामा  ट्रायल सेन्टर सञ्चालनमा


सूचना कुण्ड
मलङ्गवामा  ट्रायल सेन्टर सञ्चालनमा

सर्लाही,  जेठ  ५  :  यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ ।    
    
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो ।    
    
गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो । कार्यलयका प्रमुख राकेशकुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायतको सेवा प्रवाह गरिएको बताउनुभयो । उहाँले आजबाट चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरू गरिएको जानकारी दिनुभयो ।    
    
कार्यलय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो ।  यातायात व्यवस्था विभागको निर्णयअनुसार तत्काल सर्लाहीका लागि प्रतिदिन दुई सय मोटरसाईकल, ५० स्कुटर, एक सय जिप तथा कार, १० अट्टो रिक्सा, ५० ट्रयाक्टर र ३०÷३० वटा जेसिबी तथा डोजरको कोटा तय भएको कार्यालयले जनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend