Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न  : चन्द्रागिरि नगरपालिकाद्वारा प्रवद्र्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी, काष्ठकला अवलोकनकर्ताको रोजाइमा


सूचना कुण्ड
औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न  : चन्द्रागिरि नगरपालिकाद्वारा प्रवद्र्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी, काष्ठकला अवलोकनकर्ताको रोजाइमा

काठमाडौँ, वैशाख ३१  : ‘नेपाली वस्तु प्रयोग गरी नेपाली भएकोमा गर्व गरौँ’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको  समापन भएको छ । मेलामा चन्द्रागिरि नगरपालिकाद्वारा प्रवद्र्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी, काष्ठकला, नेपाली कागज, छालाजुत्ता, प्राङगारिक मल प्रदर्शनीमा राखिएका थिए ।     
    
 यसैगरी काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु, बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडा प्रदर्शनीमा राखिएका थिए ।  अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक सङ्घसंस्थाहरु, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तु प्रदर्शन गरिएको थियो ।    
    
 नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको मेलाको सह–आयोजकको रुपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय थिए । यस्तै प्रवर्द्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका थिए ।    

 

यसैबीच अर्थसचिव मधुकुमार मरासिनीले  आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताउनुभएको छ ।    
    
१७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को समापन समारोहमा उहाँले भन्नुभयो, “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर हो । ” नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने उहाँको भनाइ छ । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चाँसो बढिरहेको अर्थसचिव मरासिनीले बताउनुभयो ।    
    
 सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लाग्न सकिन्छ भनेर सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ । “आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको छ । तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्नसकिने बारे छलफल भइरहेको छ”, सचिव राउतले भन्नुभयो ।    
    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend