Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

‘रेडक्रस अभियान एक, सेवा अनेक’  पुस्तक सार्वजनिक


सूचना कुण्ड
‘रेडक्रस अभियान एक, सेवा अनेक’  पुस्तक सार्वजनिक

काठमाडौँ, वैशाख  २९  ः चारदशक मानवीय सेवामा व्यतित गर्नुभएका नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’  पुस्तक सार्वजनिक भएको छ ।  


यस अवधिमा  उहाँले सोसाइटीको तीन कार्यकाल अध्यक्ष पदको नेतृत्व प्रदान गर्नुभएको थियो ।  विभिन्न ११ अध्यायमा ३२६ पृष्ठको सो  पुस्तकभित्र उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धि तथा चुनौती सहित नेपालमा रेडक्रस अभियानको इतिहासलाई जीवन्त रुपमा सरल भाषामा उजागर गर्नुभएको छ । पुस्तकभित्र रेडक्रसको तीन अङ्ग रेडक्रसको अन्तराष्ट्रिय समिति( आइसिआरसी), रेडक्रस एवं रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) र राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुको कामका बारेमा जानकारी दिइएको छ । 


साथै नेपाल रेडक्रसको स्थापनाको सन्दर्भ र हालसम्म आइपुग्दा यसले खेप्नुपरेका अरोह अवरोधलाई पुस्तकमा सटिक ढङ्गबाट विश्लेषण गरिएको छ । अन्तराष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसको अभ्युदय, रेडक्रसका मेरो प्रवेश र विभिन्न हैसियतमा रहँदा भएका प्रयास, अध्यक्षताको तीन कार्यकालमा गरिएका प्रयास, सञ्चालित कार्यक्रम र तिनको उपलब्धि, नेपाल रेडक्रसको स्वर्ण जयन्ती, रेडक्रसद्वारा सम्पादित काम र उपलब्धि, रेडक्रस र सरकाबीचमा सम्बन्ध, रेडक्रसले आगामी दिनमा चाल्नुपर्ने कदम, सेवादान र गोदाम घर निर्माण, समाजसेवा बदलिँदो प्रवृत्ति र रेडक्रस कानुन शीर्षकभित्रका  अध्यायमा  थापाले आफ्ना अनुभवलाई पुस्तकमा लिपिवद्ध गर्नुभएको छ ।  


नेपाली कांग्रेसका नेताद्वय विमलेन्द्र निधि, डा मीेनेन्द्र रिजाल, दिव्य शताब्दि पुरुष डा गौरीलाल शंकरदास र सोसाइटीका  पूर्व महामन्त्री देवरत्न धाख्वाले संयुक्त रुपमा‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तकको सार्वजनिक गर्नुभयो । 
सो अवसरमा नेता निधिले मानवता, निष्पक्षता, तटस्थता,स्वाधीनता, स्वयंसेवा, एकता र विश्ववापकता जस्ता रेडक्रसको सिद्धान्त अनुसार नेपाल रेडक्रसलाई सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“ नेपाल रेडक्रसलाई राजनीतिक विवादको क्रिडास्थल र यसका कामलाई हस्तक्षेप गरिनुहुन्न । राजनीति आस्था र विचारले रेडक्रस हेरिनुहुँदैन । विपद्का समयमा मानवीय सेवा र संकटासन्न समुदायको हित गर्ने यसको मूलध्येयलाई कही कतैबाट विवादको विषय बनाइनुहुन्न । ” 


अर्का नेता डा रिजालले मानवता र मानव सेवा गर्ने  रेडक्रसको स्थापित उच्च राष्ट्रि«य र अन्तराष्ट्रि«य छविलाई खुस्काउने काम कहीकतै कुनाबाट गरिनुहुन्न भन्नुभयो । उहाँले भन्नुभयो, “रेडक्रस अभियान जान्न र बुझ्न चाहनेका लागि पुस्तक ऐतिहासिक दस्तावेज बन्न सक्छ । नेपाल रेडक्रसको  साख जोगाउन पुस्तक सेतु बन्न सक्छ । ”


वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले रेडक्रस जस्तो पवित्र सस्थालाई दलीय दलदलमा फसाउने खोज्ने र दलीयकरणक गर्न खोज्ने दुवै प्रवृत्तिका विरुद्धमा संगठित आवाज उठान आवश्यक रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “पुस्तक  अन्तराष्ट्रिय रेडक्रस , यसको स्थापना, सिद्धान्त, यसमा सम्लग्न स्वयंसेवकहरुको आचरण, व्यवहार , सेवामा लाग्ने आनन्द र सौन्दर्य , नेपालको इतिहास, विगत र वर्तमानका रुपमा पाठ्यक्रममा समावेश गर्दा नै हुन्छ । ”


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्तले नेपाल रेडक्रसको छविलाई पूर्ववत रुपमा फर्काउन पुस्तकले सेतुका रुपमा काम गर्ने विश्वास व्यक्त गर्दै रेडक्रसप्रति चासो राख्नेलाई पुस्तक ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ पुस्तक रेडक्रसको इतिहास अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेजको संकलन हो । ”
 नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वाले सरल भाषामा लेखिएको पुस्तकले रेडक्रस अभियानलाई उजागर गर्दै यसका चुनौतीलाई समेत देखाइदिएको छ भन्नुभयो । उहाँले भन्नुभयो “ रेडक्रस मानवीय सेवाको अभियान हो, यसमा दलगत विचार र आस्थाले प्रवेश पाउनुहुन्न । ”


नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष एवं पुस्तकका लेखक थापाले आफूले मानवीय सेवाका बिताएका र  भोगेका अनुभव र चुुनौतीलाई जस्ताको त्यस्तै पुस्तकमा समावेश गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“पुस्तकमा  विषयहरु कसैको अनावश्यक प्रशंसा, कसैलाई अनावश्यक निन्दा र आफूलाई अगाडि देखाउने हिसाबले प्रस्तुत गरिएको छैन । ”


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सोसाइटीका अध्यक्ष प्रा सुदर्शन नेपाल, सोसाइटीका पूर्व उपमहामन्त्री हरि न्यौपाने,पूर्व निर्देेशक डा विष्णुहरि देवकोटाले रेडक्रस के हो भनेर बुझ्नका लागि ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गर्नुभयो ।  कार्यक्रममा  सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल ,  वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend