Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   


सूचना कुण्ड
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   



सुनसरी, वैशाख २९: धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आउनुभएको छ ।    
    
विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताउनुभयो । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उहाँको भनाइ छ ।    
    
उहाँले विगत छ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आउनुभएको छ । अहिले उहाँका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्माले बताउनुभयो । रुद्राक्षको व्यापारबाट मासिक रु ३० देखि रु ४० हजारसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो ।    
    
आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गर्नुभएको विश्वकर्माले बताउनुभयो । माग अनुसार नै कतिपय सामान बनाउने गरेको उहाँको भनाइ छ ।    
    
“गत चैत २७ गतेदेखि लागेको महाकुम्भ मेलाले राम्रो व्यापार भएर निकै फाइदा भयो”, विश्वकर्माले भन्नुभयो, “कुम्भमेलामा विदेशी पर्यटक धेरै आउनुभयो, उहाँहरुले धेरैजसो रुद्राक्षको झोला खरिद गर्नुभयो ।” एउटा झोला रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयसम्म पर्ने गरेको बताउँदै उहाँले दैनिकरूपमा झोलामात्र तीनदेखि पाँच वटासम्म बिक्री हुने गरेको जानकारी दिनुभयो । कुम्भमेलाको एक महिनाको अवधिमा सोचेभन्दा बढी व्यापार भएको उहाँको भनाइ छ ।    
    
“रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु”, विश्वकर्माले भन्नुभयो, “सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।”    
    
धार्मिकरुपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा (दाना) भनेर चिनिन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend