Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

औद्योगिक व्यापार मेला :  चन्द्रागिरिका अचार,  लाखामरी र मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण   


सूचना कुण्ड
औद्योगिक व्यापार मेला :  चन्द्रागिरिका अचार,  लाखामरी र मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण   

काठमाडौँ, वैशाख २९ : राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७आँै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा चन्द्रागिरि नगरपालिकाद्वारा प्रवर्द्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी,काष्टकला, नेपाली कागज, छालाजुत्ता, प्राङ्गारिक मल, हस्तकलाका सामग्रीमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।     
यसैगरी महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादन मा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।  स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा विभिन्न प्रकारका अचार, मह, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरुले निकै मन पराएको पाइएको छ ।    
    
 काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडा बाँस, वेतबास आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक सङ्घसंस्था, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरण र अन्य औद्योगिक वस्तु प्रदर्शन गरिएको छ ।    
    
 यसैगरी, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।    
      लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औँ श्रृङ्खला “नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” आइतबारसम्म चल्नेछ ।    
    
 मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौँ नेपाली, रोजौँ नेपाली” र “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” भन्ने रहेको छ ।    
    
 महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणको रुपमा रहेको बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend