Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

    अक्षय तृतीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने   


सूचना कुण्ड
    अक्षय तृतीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने   

 
भक्तपुर, वैशाख २७: भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृतीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ ।    
    
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिने जनाएको छ । मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ ।    
    
समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिनुभयो ।    
    
मेलामा भीड व्यवस्थापनका लागि हरिशचन्द्र थापाको नेतृत्वमा स्वयम्सेवक समिति गठनगरी ४० जनालाई खटाउने र दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend