Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार   


सूचना कुण्ड
     जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार   



काठमाडौँ, वैशाख २७ः सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण विपद्का घटना बृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गर्नुभएको छ ।    
 आज काठमाडौँमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उहाँहरुले विपद्जन्य घटना न्यूनीकरण र प्रतिकार्यमा लगानी बढाउन सुझाव दिनुभएको हो ।    
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटना विश्वव्यापी रुपमा नै बढिरहेको भन्दै यस क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।    
 जल तथा मौसमजन्य घटनाहरु प्रमुख विपद्को रुपमा रहेको भन्दै प्रतिकार्यका लागि पूर्व सूचना प्रणाली बलियो हुनुपर्नेसमेत उहाँको सुझाव रहेको छ । “हामीले बहुप्रकोपिय प्रकोपका पूर्व सूचना प्रणाललिाई पनि व्यवस्थित बनाउने योजना अगाडि सारेका छाँै, बहुप्रकोपिय प्रणाली ढाँचा तयार गर्दा, अवलोकनका क्रियाकलापलाई पनि साथै लानुपर्छ,” उहाँले भन्नुभयो, “विगत छ महिना अघि पनि एनसिएलसँग १३ ओटा विपद्का घटनाको बारेमा एसएमएस प्रवाह गर्ने गरी नवीकरण भएको छ, आगामी असारमा नेपाल टेलिकमसँगको नवीकरणीय गर्ने क्रममा १३ ओटा बहुप्रकापिय विपद्को सूचना दिने गरी एसएमएस प्रवाहका सम्झौता हुने छ ।”    
पूर्व सूचना प्रणाली जडानका लागि विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट लगानी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा तीन ओटा मौसमी प्रणाली जडान भए पनि एक मात्र मौसमी प्रणाली सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ ।    
“हामीले बाढीलगायतका विपद्जन्य घटनाको विषयमा पूर्व सूचना दिने प्रयासहरु त ग¥याँै, यसले कतिको धनजनको क्षतिबाट त जोगाएको छ,” उहाँले भन्नुभयो,“तर हामीले अहिलेसम्म जे जति प्रयास गरेका छौँ, ती प्रयास प्रर्याप्त हुन सकिरहेको छैन ।”    
    
विपद् पूर्वानुमान प्रणलीहरु सबै सञ्चालनमा नहुँदा प्रभावकारी र भरपर्दो रुपमा पूर्व सूचना प्रवाह हुन नसकेको समेत उहाँको भनाइ छ । “भएका प्रणालीले पनि सूचना जे–जति दिन सक्ने हो त्यति दिनसक्ने अवस्थामा पुग्न सकेको छैन,” महानिर्देशक कर्माचार्यले भन्नुभयो, “तसर्थ अव भने भएका प्रणालीलाई नियमित सञ्चालन गर्ने र बढीभन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्य रहेको छ, यसका लागि विभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।”    
हाल सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीबाट राम्रो प्रतिफल हासिल गर्न सफल हुने गरी काम अगाडि बढाइने नीति रहेको उहाँको भनाइ छ । “सङ्गठन संरचना परिमार्जन गर्ने र दरबन्दी थप गर्ने योजना छ,” उहाँले भन्नुभयो, “जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको र जल तथा मौसमसम्बन्धी पूर्व सूचनालाई बढी उपयोगी बनाउने हिसाबले काम भइरहेको छ ।” राष्ट्रिय विपद् परिषद्का सदस्य डा गङ्गाधर तुलाधारले विसं २०७२ मा गएको गोर्खा भूकम्पले विपद् पूर्व तयारी र प्रतिकार्य गर्नुपर्नेमा राम्रो शिक्षा दिएको बताउनुभयो । “विपद्पछिको राहत भन्दा पनि विपद् पूर्वको पूर्व तयारकिा कामलाईृ प्रथामिकता दिएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “सम्मेलनले विपद् प्रतिकार्य कार्ययोजना खाका बनाउने कुरामा सहयोग पुग्ने छ ।”–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend