Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भिजिबिलिटी नपुग्दा चार दिनदेखि रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो 


सूचना कुण्ड
भिजिबिलिटी नपुग्दा चार दिनदेखि रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो 

   
   
काठमाडौँ, वैशाख२० : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।    
    
विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले राससलाई जानकारी दिनुभयो ।    
    
“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भन्नुभयो ।    
    
    
मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उहाँले बताउनुभयो । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend