Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो  


सूचना कुण्ड
     डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो  

  
   
काठमाडौँ,  वैशाख१९ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो ।    
    
निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।    
    
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।    
    
मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend