Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो   


सूचना कुण्ड
इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो   


इलाम, वैशाख १६: इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ ।    
    
 मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एकहजार छ सय ३० मत प्राप्त गर्नुभएको छ ।    
    
 त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend