Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान


सूचना कुण्ड
हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान


काठमाडौँ, वैशाख १५ ः विश्व प्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ) को उपाधिमाथि चौथो पटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ । 


‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तराष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथो पटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तराष्ट्रिय खेलाडी बन्नुभएको छ । जापानीज प्रतिष्पर्धि हिरायामा जिनलाई नकआवट गर्दै उहाँले  आफ्नो उपधि कायम गर्न सफल हुनुभएको हो । जापानको नागोया शहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिष्पर्धामा  २४ वर्षीय प्राफेसनल किक बक्सर घिमिरेले आफ्ना प्रतिष्पर्धिलाई चौथो राउण्डमा नकआउट गर्दै रिङमा  ढालेर नियाँ कीर्तिमान कायम गरेका हुन् ।  ‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरेले  जापानको विश्व प्रसिद्ध क्लव सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ ।  


सो प्रतियोगिताको मुख्य आकर्षकको रुपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा युवा बक्सर घिमिरेले  तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको  एक मिनेट ४० सेकेण्ड अर्थात् दश मिनेट ४० सेकण्डमा आफ्ना कडा प्रतिष्पर्धि बक्सर जिनलाई रिङमा ढालेर  ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसीप’ मा टाइटल बेल्टको उपाधि रक्षा गर्नुभएको हो  । 
अहिलेसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै  जित हाँसिल गर्नेक्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट)  रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड ’समेत कायम राख्न सफल हुनुभएको छ । 
उहाँले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा समेत  खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिष्पर्धिलाई नकआउट गर्न सफल हुनुभएको थियो ।  हालसम्म जापान, दक्षिणकोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका विश्व प्रसिद्ध किक बक्सरहरुलाई पराजित गरिसक्नुभएको युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । 


जापानको नागोयामा  सहरमा अबिरल आफ्ना पिता  पूर्व अन्तराष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आउनुभएको छ ।  कराँते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एशियाली खेलाडी हुनुहुन्छ ।  चन्द्रागिरि नगरपालिका वडा १२  गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको  परिवार हाल जापानको नागोया शहरमा बसोबास गर्दै आइरहनुभएको छ । ...


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend