Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य


सूचना कुण्ड
 वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य

    
   
काठमाडौँ, वैशाख१५ : आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ ।    
    
 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।    
    
 बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा नेपालले नौ ओभरमा दुई विकेट गुमाएर ७१ रन बनाएको छ । अनिल साह पाँच तथा कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्केका छन् ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend