Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित 


सूचना कुण्ड
मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित 

        
   सूचनाकुण्ड समाचारदाता,      

 मुस्ताङ, चैत२२  :    हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो ।    
    
सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजेश कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार हुनुहुन्छ ।    
    
गत भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलोपटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरुले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए । मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाईलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभयो ।    
    
“यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ”, उहाँले भन्नुभयो, “चिकित्सकहरुले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो ।”    
    
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अस्पतालमा शल्यक्रियाको काम सुरुआत भएको बताउँदै आगामी दिनमा व्यवस्थित अस्पताल भवन निर्माण सँगसँगै थप सेवा र सुविधायुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
    
मुस्ताङका पाँचवटै गाउँपालिकाको समन्वयमा जिल्ला अस्पतालको स्तरोन्नतीका लागि केही पहल गरेको उल्लेख गर्दै उहाँले बजेट अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताउनुभयो ।    
    
कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले यस सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको बताउनुभयो । जनताको अवस्थालाई मध्यनजर गर्दै जटिलभन्दा जटिल समस्यासँग पनि जुध्न पनि आफूलाई उत्प्रेरण प्राप्त भएको उहाँको भनाइ छ ।    
    
हाल दुर्गम क्षेत्रमा जटिल समस्या आइपरेमा हेलिकोप्टरमार्फत सेवा दिने व्यवस्था भए पनि ती सेवा जनतासम्म पुग्न नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो ।    
    
जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङले स्वास्थ्य क्षेत्र अत्यन्तै जटिल भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र अझ व्यवस्थित बनाएर लैजान हरेक तह र तप्कासँग आफूहरुले सहकार्य गरिरहेको बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend