Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी   


सूचना कुण्ड
कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी   

    
राँझा (बाँके), वैशाख १३: बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।    
    
 बढ्दो गर्मीसँगै पानीका स्रोत सुकेपछि वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा चालु आवमा छ वटा कृत्रिम पोखरीको व्यवस्था गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले जानकारी दिनुभयो ।    
    
 निकुञ्जमा रहेका जलाशयमा पानीको सतह घटेपछि हाल छ वटा कृत्रिम पोखरीमा बोरिङ गाडेर पानीको व्यवस्थापन गरिएका र अन्य ठाउँमा पनि पोखरी निर्माणका लागि स्थान छनोट गर्ने काम भइरहेका साहले बताउनुभयो ।    
    
 निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् । त्यसरी पानीको खोजीमा हिँडेका जङ्गली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटनालगायत मानव—वन्यजन्तु द्वन्द्वसमेत हुने गरेका छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend