Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो  


सूचना कुण्ड
   पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो  

काठमाडौँ, वैशाख ४: पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ ।  आजदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।    
    
नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend