Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ   


सूचना कुण्ड
चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ   

     
काठमाडौँ, चैत २५: चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ । यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।    
    
 साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैङ्कको शुभारम्भ गर्नुभयो ।    
    
 सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिनुहुँदै बैङ्कका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैङ्कलाई अगामी दिनमा सहयोग गरिने बताउनुभयो ।    
    
 प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैङ्कमा पैसामा जम्मा गरेजस्तै कपडा बैङ्कमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “आफूले जापानमा अध्ययन गरेका समयमा कपडा बैङ्कमार्फत लिएको कोट अहिले प्रयोग गर्दैछु । यस्ता बैकको औचित्य बढ्दो छ ।”    
    
 अभिनेता हमालले कपडा बैङ्कका साथसाथमा खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको जानकारी दिनुहुँदै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताउनुभयो । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार बैङ्कले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend