Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  आज दिउँसो देशभर आंशिक बदली हुने 


सूचना कुण्ड
  आज दिउँसो देशभर आंशिक बदली हुने 

   

काठमाडौँ, चैत २३  : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ ।    
    
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।    
    
आज राति पनि देशभर आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend