Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

त्रिशूलीमा बेपत्ता युवकको शव फेला 


सूचना कुण्ड
त्रिशूलीमा बेपत्ता युवकको शव फेला 

   
 गोरखा, चैत२१ : शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ । गोरखा नगरपालिका–७ स्थित पौवाखेतका विवश रोकाको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    
    
 घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो । शनिबार काठमाडौँमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो । सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।    
    
 मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो । मृतकको शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको र शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend