Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आगामी चैत २८ गते ‘इदुलफित्र’ पर्व


सूचना कुण्ड
आगामी चैत २८ गते ‘इदुलफित्र’ पर्व

  

विराटनगर, चैत २१ :  इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिनासँगै मस्जिदमा एत्तकाब बस्ने कार्य सुरु भएको छ ।    
    
 रमजान महिना तीन भागमा विभाजित हुन्छ । यसमध्ये पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजा व्रतदेखि सुरु हुने तेस्रो आसरा अर्थात् नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन ।    
    
 विराटनगर महानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरका अनुसार यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेका मानव जातिका लागि सुुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो भत्रुभयो ।    
    
 एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् । विराटनगर बुधहाट जामे मस्जिदमा मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर एत्तकाबमा बस्नुभएको छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ ।    
     
 त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुस्लिमहरु रोजा बस्नुलाई गर्व मान्दछ । नबालक, बिरामी, गम्भीर प्रकृतिका रोगी र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । सम्भवतः यस वर्ष मुस्लिमहरुले आगामी चैत २८ गते ‘इदुलफित्र’ पर्व धुमधामसँग मनाउने तयारीमा जुटेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend