Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व 


सूचना कुण्ड
खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व 

   

सोलुखुम्बु चैत  २० : सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।    
    
पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार सात सय २५ जना विदेशी नागरिकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।    
    
सबैभन्दा बढी कात्तिक महिनामा ११ हजार छ सय तीन जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । त्यसैगरि साउनमा तीन सय २३ जना, भदौमा एक हजार सात सय नौ जना, असोजमा एक हजार आठ सय दुई जना विदेशी पर्यटक खुम्बु पुगेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।    
    
त्यस्तै मङ्सिरमा दुई हजार आठ सय जना, पुसमा एक हजार तीन सय दुई जना, माघमा छ सय दुई जना र फागुनमा दुई हजार पाँच सय ८४ जना विदेशी पर्यटकले सो क्षेत्र भ्रमण गरेको गाउँपालिकाका लेखा अधिकुत चेतनाथ कटेलले जानकारी दिनुभयो ।    
    
पालिकाले स्थानीय शुल्क स्वरुप एकजना विदेशी पर्यटकबाट रु दुई हजार प्रवेश शुल्क लिने गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले विसं २०७४ देखि शुल्क लिन सुरु गरेको थियो । त्यसअघि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले टिम्स कार्डवापत पर्यटक बापत् रु दुई हजार शुल्क लिने गरेको थियो ।    
    
गाउँपालिकाले लिएको शुल्कले पर्यटन पूर्वाधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिकाभित्र पर्छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend