Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने   


सूचना कुण्ड
भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने   

     
 चितवन, चैत १९: भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।    
    
 कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो ।    
    
 आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिनुभयो ।    
    
 उहाँले भन्नुभयो, “कोभिड–१९ को लक्षण भएका बिरामीको उपचारमा मुखबाट दिइने एमेटिनको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने र बिरामीको स्वास्थ्यसम्बन्धी जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालीन प्रभावबारे मूल्याङ्कन गर्नेछ ।”    
    
 यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उहाँले बताउनुभयो ।    
    
 चार सय ५० जनामा अनुसन्धान गरिनेछ । अघिल्लो महिनामा भरतपुर अस्पतालमा आएका आठजना कोभिडका बिरामी रहेको र अस्पतालसँगको सहकार्यमा केही दिनमा नै क्लिनिकल प्रयोग गरिने उहाँले बताउनुभयो ।    
    
 अर्का अनुसन्धानकर्ता जोन्स हप्किन्स विश्वविद्यालयका डा कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरिकामा मुसामा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ ।    
    
 यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा दोर्जी र डा सापकोटाले यो अध्ययन अनियमित छनौट, डबल ब्लाइन्ड प्लेसबो नियन्त्रित परीक्षण गरिने जानकारी दिनुभयो जसमा कोभिड–१९ को लक्षण भएका बिरामी समावेश हुनेछन् ।    
    
 सहभागीहरुले कम्प्युटरले गरेको अनियमिततामा आधारित छनौटबाट पाँचदेखि १० दिनका लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन् । सहभागीलाई अध्ययनमा ९० दिनसम्म क्लिनिकल मूल्याङ्कन र प्रयोगशाला परीक्षणहरुसहित पुनः मूल्याङ्कनमा भाग लिने बताइएको छ ।    
    
 कोभिड–१९ को परीक्षण गरी लक्षणको अनुभव गर्दै गरेका व्यक्तिमा परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग गरिने छैन ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend