Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साहित्यकार डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान 


सूचना कुण्ड
साहित्यकार डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान 

   

तनहुँ, चैत१०: गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ ।    
    
 तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।    
    
 गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजारको रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।    
    
 सङ्घीय सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सृर्जना गर्न आग्रह गर्नुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।    
    
 साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिई हाल काठमाडौ बुढानिलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।    
    
 मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, सङ्गीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend