Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार   


सूचना कुण्ड
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार   



धनुषा, चैत१०: मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।    
    
नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।    
    
नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिनुभएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend