Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रुखबाट लडेर वडा सदस्यको  निधन


सूचना कुण्ड
रुखबाट लडेर वडा सदस्यको  निधन

    
   
धादिङ , चैत ७ : नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।    
    
 दाउरा काट्ने क्रममा  रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिनुुभयो । रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिनुुभयो । वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।    
    
 वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले  बुधबार नगरपालिकामा बिदा दिए को छ । नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिएको हो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend