काठमाडौँ, चैत ६ : चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरभित्र स्वास्थ्य शिविर आयोजना गर्दा नगरपालिकासँग अनिवार्य अनुमति लिन सामाजिक संघ / सस्था , स्वास्थ्य सेवा प्रदायक निकाय एवं सम्बन्धित पक्षसंग पुन ः आग्रह गरेको छ ।
स्वास्थ्य शिविर आयोजना गर्नुपूर्व शिविरमा प्रदान गरिने स्वास्थ्य सेवा प्रकार, प्रयोगशाला, शिविरमा प्रयोग हुने उपकरण एवं वितरण गरिने औषधिका बारेमा नगरपालिकालाई पूर्व जानकारी दिन पनि भनिएको छ । साथै नगरपालिकाले दर्ता गरेर मात्र क्लिनिक, अस्पताल, औषधिपसल लगायत स्वास्थ्य प्रदायक सेवा सस्था सञ्चालन गर्न पनि सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।
यसका लागि नगरपालिकाको स्वास्थ्य शाखाले पहिलो चरणमा नगरभित्रका निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायकसंग सोमबार बैठक समेत आयोजना गरेको थियो । बैठकले नगरभित्रका स्वास्थ्य प्रदायकले आफूले प्रदान गरिरहेका सेवा एवं सङख्याका बारेमा नगरपालिकालाई मासिक प्रतिवेदन बुझाउन आग्रह समेत गरेको छ ।
बैठकपछि स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरक्षेत्रभित्र स्वास्थ्य शिविर आयोजना गर्दा नगरपालिकासंग अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको जानकारी दिनुहुँदै यसलाई कार्यान्वयनमा ल्याउने एवं अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरभित्र स्वास्थ्य शिविर सञ्चालन एवं आयोजना गर्दा नगरपालिकासंग अनिवार्य अनुमति लिनुपर्छ ।”
बैठकले दर्ता गरेर मात्र स्वास्थ्य सेवा सञ्चालन गर्न, दर्ता नगरेको भए अनिवार्य दर्ता गर्न, आफूले प्रदान गरिररहेका सेवा एवं संख्याका बारेमा नगरपालिकालाई मासिक रुपमा ‘रिपोटिङ’ (प्रतिवेदन ) बुझाउन सम्बन्धित पक्षलाई निर्देशन समेत दिएको छ । बैठकमा नगरक्षेत्रका स्वास्थ्य सेवा प्रदायक सस्थाका १५ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसैबीच नगरपालिकाका वडा न ं ७ बाहेक अन्य सबै वडामा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा रहेको हुँदा त्यहाँबाट प्रदान गरिने सेवा लिन शाखाले नगरवासीलाई आग्रह गरेको छ । विहान ८ वजेदेखि अपराह्न ३ वजेसम्म जारी रहने प्रयोगशालाका सेवाका बारेमा कुनै गुनासो भएमा जानकारी दिन स्वास्थ्य शाखाले नगरवासीलाई अनुरोध समेत गरेको छ
