Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   मकवानपुरमा एकैदिन चार पालिकाबाट चार बालविवाह रोकियो   


सूचना कुण्ड
   मकवानपुरमा एकैदिन चार पालिकाबाट चार बालविवाह रोकियो   



हेटौँडा, माघ२६ : मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।    
    
कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो । एकैदिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।    
    
कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।    
    
यस्तै मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताउनुभयो । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न सफल भएको उहाँको भनाइ छ । सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालविवाह हुने गरेको ज्ञवालीले बताउनुभयो । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ ।    
    
चारै १३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि सिबिन बाल हेल्पलाइनको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर तथा प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको उहाँले बताउनुभयो ।    
    
कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिबद्वता बालबालिकाले जनाएका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend