Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  विशेषज्ञ स्वास्थ्य सेवाका लागि  नेपालगञ्ज मेडिकल कलेज  र  अपोलो मेडिक्स अस्पतालबीचमा  सहकार्य


सूचना कुण्ड
  विशेषज्ञ स्वास्थ्य सेवाका लागि  नेपालगञ्ज मेडिकल कलेज  र  अपोलो मेडिक्स अस्पतालबीचमा  सहकार्य



बाँके, माघ २१: पश्चिम नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न नेपालगञ्ज मेडिकल कलेजले भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालसँग सहकार्य सुरु गरेको छ ।    
    
केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमिनार तथा अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न यो सहकार्यले सहजता मिल्ने विश्वास लिएको शिक्षण अस्पताल नेपालगञ्जका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले बताउनुभयो ।    
    
“अस्पतालले अपोलो मेडिक्ससँगको सहकार्यमा बिरामीलाई विशेषज्ञ सेवा क्यान्सर रोग, आइभीएफ सेवा, मुटुरोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गर्नेछ”, उहाँले भन्नुभयो, “शिक्षण अस्पताल, नेपालगञ्जमा प्रत्येक शनिबार सञ्चालन हुने ओपिडी सेवा निःशुल्क प्रदान गरिने र अन्य सेवामा सामान्य शुल्क लाग्ने व्यवस्था गरिएको छ ।”    
    
नेपालगञ्ज मेडिकल कलेजले अपोलोसँग अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी चिकित्सा शिक्षामा प्राज्ञिक स्तरोन्नति गरिने सम्झौता गरेको छ । नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी र चिकित्सकहरूले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रम, फेलोसिप,अन्य प्रशिक्षणमा प्राथमिकता र छुट पाउने जानकारी दिइएको छ ।    
    
अस्पतालका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले यो सहकार्यले बिरामीले निःशुल्क विशेषज्ञ परामर्श उपचारको सेवा आफ्नै सहरमा पाउने विश्वास लिएको बताउनुभयो । उहाँले यस क्षेत्रमै सम्भव नहुने उपचार सेवाका लागि मात्र बिरामीलाई प्रेषण गरिने उल्लेख गर्नुभयो ।    
    
अपोलो मेडिक्स अस्पताल लखनउका प्रबन्ध निर्देशक डा मयङ्क सोमानीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालसँग सहकार्य गर्न पाउँदा आफूहरू खुसी भएको प्रतिक्रिया दिनुभयो । टिम मिलेर काम गर्दा बिरामीले गुणस्तरीय सेवा पाउने भन्दै उहाँले यो सहकार्यलाई फलदायी बनाउन आग्रह गर्नुभयो ।    
    
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो सहकार्यले पश्चिम नेपालका बिरामीले आफ्नै सहरमा सहजरूपमा विशेषज्ञ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend