Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वीरमा क्यान्सरको अत्याधुनिक उपचार


सूचना कुण्ड
वीरमा क्यान्सरको अत्याधुनिक उपचार

    
सूचनाकुण्ड समाचारदाता
काठमाडौँ,  पुस१० : वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ ।    
    
 अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताउनुभयो ।    
    
 अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकीरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रुपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताउनुभयो ।    
    
 “अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थित रुपमा चलाउन नसकेर एकजना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ,” उहाँले भन्नुभयो, “पछि हामीले उपकरणलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्यो भने १० मिनेटमा नै बिरामीलाई तयारी अवस्थामा राख्ने सक्दछौँ ।”    
    
 क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ । “अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाई–घुमाई बिरामीमा भएको क्यान्सरको सेल र सामान्य सेललाई मार्ने गर्दछ बचाउने गरिन्छ,” उहाँले भन्नुभयो, “विकिरणले क्यान्सरको सेललाई हाई डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ ।”    
    
 अस्पतालमा उपचारका लागि रु एक लाख ५० हजार खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत रु पाँच लाखसम्म खर्च हुने उहाँको भनाइ छ । नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन् । उहाँले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले गरिबी, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताउनुभयो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend