Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त  


सूचना कुण्ड
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त  

  
सूचनाकुण्ड समाचारदाता    
विराटनगर, असोज २७: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।    
    
 कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।    
    
यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend