Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु


सूचना कुण्ड
गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

     गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु   
    सूचना कुण्ड समाचारदाता     

 काठमाडौँ, माघ ६ :   
एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो ।    
    
 सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले जानकारी दिनुभयो । पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ ।    
    
 विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दूका हातमा गीता होस् भनेर यो महाअभियान सुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहनुभएका पोखरेलले बताउनुभयो ।    
    
 गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।    
    
 महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ । हाल महाअभियानमा १८ जना सहभागी हुनुहुन्छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend