Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता : चन्द्रागिरि प्रथम 


सूचना कुण्ड
   अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता : चन्द्रागिरि प्रथम 

     
     सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, असोज १४  : चन्द्रागिरि नगरपालिकाले ‘अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत पाँच किमी जुनियर पुरुष टिममा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।    
    
 सोही प्रतियोगिताको १० किमी सिनियर महिला टिमतर्फ चन्द्रागिरिले दोस्रो स्थान हासिल गरेको छ । शनिबार एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा पहिलो पटक यहाँ सञ्चालित प्रतियोगितामा विभिन्न ४० नगरपालिकाको सहभागिता रहेको थियो । जुनियर टिममा एक सय ५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।    
    
 उक्त प्रतियोगितामा पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम र पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ पोखरा महानगरपालिकाका कृषबहादुर परियार प्रथम हुनुभएको थियो ।    
    
 त्यस्तै १० किमी महिला सिनियर व्यक्तिगततर्फ चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम र १० किमी पुरुष व्यक्तिगततर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम हुनुभएको थियो । अत्यन्तै रोचक प्रतिस्पर्धात्मक १० किमी सिनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो भने १० किमी पुरुषतर्फ हलेसी नगरपालिका प्रथम भएको थियो । पाँच किमी जुनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम र पाँच किमी पुरुषतर्फ चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो ।    
    
 प्रतियोगितका विजयी खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले संयुक्तरूपमा ट्रफीसहित पुरस्कार प्रदान गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय धावकद्वय वैकुण्ठ मानन्धर तथा र राजेन्द्र भण्डारीलाई सम्मानसमेत गरिएको थियो ।    
    
 सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले खेलकुदका माध्यमबाट समृद्ध चन्द्रागिरि बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनसमेत हुने विश्वास व्यक्त गर्नुभयो ।    
    
 कार्यक्रममा प्रतियोगिताका संयोजक तथा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि नगरपालिकाले खेलकुदको प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिएको बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend