Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? वरिष्ठ पत्रकार भैरव रिसाल


सूचना कुण्ड
राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? वरिष्ठ पत्रकार भैरव रिसाल

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, असोज ८: राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उहाँलाई सम्मान गरेको हो ।    
    
 त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको थियो ।    
    
 वरिष्ठ पत्रकार रिसालले आफनो दीर्घ जीवनको रहस्य सुनाउँदै कर्तव्य पूरा गर्ने, भोलिको चिन्ता नगर्ने र नढाँट्ने विषयले आफूलाई समाजमा परिचित गराएको बताउनुभयो । छ्यानब्बे वर्षीय रिसालले भन्नुभयो, “समाजमा ढाँट्न हुन्न भन्ने मान्यता राखिन्छ, तर राजनीतिमा नढाँटी नहुने रैछ, अनि कसरी देशले समृद्धि हासिल गर्न सक्ला ? पनाती पुस्तासम्म देखेको छु, अहिले पनि मेरो जीवन राम्रो छ ।”    
    
 उहाँले देशको विकास होस्, सबै नेपालीले मिठो मसिनो जे जुट्छ खान पाओस, भोको पेट बस्न नपरोस, राजनीतिमा लागेका नेताले कसैलाई पनि नढाँटुन भन्ने आफूले कामना गरेको बताउनुभयो ।    
    
 अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा जेष्ठ नागरिकमध्ये पत्रकार रिसाल बौद्धिक, सक्रिय र प्रेरणादायी भएकाले भेटेर छलफल गर्न, अनुभव सुन्न र जानकारी हासिल गर्न तथा आर्शिवाद प्राप्त गर्न आएको जानकारी गराउनुभयो ।    
    
 पत्रकार रिसालले अब आफ्नो जन्म दिवसमा पुस्तक प्रकाशन गर्ने भन्दा बाहेक अरु इच्छा नरहेको बताउँदै जनचाहनाअनुरुप देश विकासको पथमा नहिँडेकाले ओहदामा बस्नेलाई मुलुकको हितमा काम गर्न सुझाव दिनुभयो ।    
    
 अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “नेपाल देश र नेपालीको पहिचानको बोध विश्वभर चिनाउने अभियानमा आयोगले काम गरिरहेको छ । विद्यालयका पाठ्यक्रममा नेपाल देखिने शिक्षा प्रवद्र्धन गर्न र संस्कारयुक्त नागरिक तयार गर्नुपर्छ भन्ने मान्यतालाई दृढताका साथ अघि बढाइरहेको छ ।”    
    
 आयोगले ज्येष्ठ नागरिक, कर्णाली, पीछडिएको क्षेत्र, विभिन्न जातजातीलगायत १० वटा क्षेत्रमा कार्यविभाजन गरी काम गर्दै आएको छ । टोलीमा आयोगका सदस्यहरु विष्णुमाया ओझा, हरिदत्त जोशी, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री हुनुहुन्थ्यो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend