Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा   


सूचना कुण्ड
एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा   


सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, भदौ ६ : आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ, चीन र फिलिपिन्स रहेका छन् ।    
    
 नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ ।    
    
 यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिङ्गापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएई, चीन र अफगानिस्तान छन् ।    
    
 रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन् । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङ्कङविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।    
    
 एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलङ्काका सन विजेसिङ्घेले प्रशिक्षण दिइरहनुभएको छ । नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend