Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ 


सूचना कुण्ड
राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ 

सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार  २८:   राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको छ । उहाँले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको हो ।    
    
राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिनुभएको थियो । सोहीअनुरुप उहाँले आज पूजाअर्चनासहित वर–पिपल रोप्नुभएको हो । राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोप्नुभएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।     
    
राष्ट्रपति पौडेलले वर–पिपल रोपेको स्थानभन्दा तल पोखरी निर्माण गर्ने योजनासमेत बनाउनुभएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend