Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो   


सूचना कुण्ड
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो   

   
  सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार २५ :    पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ ।    
    
 प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् ।    
    
 सो अवधिमा चट्याङका कारण रु छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित रु दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णाली प्रदेशमा रु २३ लाख ९२ हजार चार सय ३० को क्षति पुगेको प्राधिकरणले जनाएको छ ।    
     
 लुम्बिनी प्रदेशमा रु ९२ लाख ३८ हजार तीन सय ३०, बागमती प्रदेशमा रु ७९ लाख ८२ हजार, मधेस प्रदेशमा रु ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा रु ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा रु २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ ।    
    
 चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ÷छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ ।    
    
 सो अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशुचौपायाकोक्षति पुगेको छ । जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा आठ सय ४७, कोशी प्रदेशमा दुई सय ८९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend