Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा    


सूचना कुण्ड
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा    

      
   सूचनाकुण्ड समाचारदाता  

काठमाडौँ, असार १८  :    नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ ।    
    
 मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो ।    
    
 खेलको सुरुआतमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी निभाए । कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए । यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए । यसैगरी अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।    
    
 बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई÷दुई विकेट लिए ।    
    
 एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए ।    
    
 बलिङतर्फ नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले एक÷एक विकेट लिए ।    
–––    
  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend