Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वीरका सात सय शय्या आजदेखि बिरामीका निःशुल्क


सूचना कुण्ड
वीरका सात सय शय्या आजदेखि बिरामीका निःशुल्क

     सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, असार  ८:   वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिनुभयो ।    
    
उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ ।    
    
मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा पौडेलले जानकारी दिनुभयो । यसअघि प्रतिदिन रु दुई सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या रहेका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend