Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार ११ बजे बस्ने   


सूचना कुण्ड
प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार ११ बजे बस्ने   

 सूचनाकुण्ड समाचारदाता 

 काठमाडौँ, जेठ २२:   
प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ गते असामयिक निधन भएको थियो ।    
    
 उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट विसं २०७० को संविधानसभामा समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो । पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षीयाको उमेरमा गत मङ्गलबार असामयिक निधन भएको थियो । नेपाली कांग्रेसबाट विसं २०४८/५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि हुनुहुन्थ्यो ।    
    
प्रतिनिसभाको अर्को बैठक जेठ २३ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । बैठकमा आव २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आगामी बैठकमा जारी रहने सभामुख घिमिरेले जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend