Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई 


सूचना कुण्ड
आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई 

सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, जेठ १७  :   
राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले महिला आरोहीको साहस र आँटको प्रशंसा गर्नुभयो ।    
    
उहाँले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।    
    
हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पु¥याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गर्नुभयो ।    
    
सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पु¥याउने सङ्कल्प लिनुभएको थियो । अन्य साना कुनै पनि चुचुरो नचढी उहाँले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।    
    
पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो ।    
     
कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend