Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान


सूचना कुण्ड
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौँ, मङ्सिर ९ : नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।

अभियानको शुभारम्भका अवसरमा माइतीघरबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । र्‍याली भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता स् पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने नाराका साथ सञ्चालन हुने अभियान मङ्सिर २४ गतेसम्म जारी रहनेछ ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend