Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

अयोध्याबाट गुडेको रेल जनकपुरधाममा


सूचना कुण्ड
अयोध्याबाट गुडेको रेल  जनकपुरधाममा

जनकपुरधाम ,मङ्सिर ८ :  भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट गुडेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो ।

रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्ति तथा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी हुनुहुन्छ । उहाँहरूलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गर्नुभयो ।

अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको बताउनुभयो । 

उहाँका अनुसार रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । त्यसपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend