Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु


सूचना कुण्ड
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

काठमाडौँ, कात्तिक २९ : काठमाडौँको गौरीघाटमा  व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।  छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ ।

सो दिन व्रतालु परिवारका सदस्य र आफन्तसहित नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथनबमोजिम सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको सूर्य पुराणमा उल्लेख छ । पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पाझुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा व्रत बस्न नसक्ने व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend