Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

बाह्र वर्षपछि अफगानिस्तानविरुद्ध नेपालको जित


सूचना कुण्ड
बाह्र वर्षपछि अफगानिस्तानविरुद्ध नेपालको जित

जापान, असोज १० :  आइची–नागोया एसियाली खेलकुद २०२६ मा नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ ।

नागोयास्थित कोरोबी एथलेटिक पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले हरायो । अफगानिस्तानका कप्तान दार्विस रसुलले टस जितेर गरेको पहिले ब्याटिङको निर्णय गलत सावित भएको थियो ।

नेपालका लेफ्ट आर्म स्पीनर ललित राजवंशीले सुरुमै तिन र त्यसपछि कामचलाउ बलर कुशल भुर्तेलले चार विकेट लिएपछि अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०२ रनको सामानय स्कोर बनाएको थियो । नेपालले १६ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १०३ रन बनाएर लक्ष्य प्राप्त गर्‍यो । 

नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हराएको हो । सन् २०१४ मा बङगलादेशमा भएको टि२० विश्वकपमा अफगानिस्तानलाई नौ रनले हराएपछि नेपालले पुनः सो टिमविरुद्ध जित प्राप्त गरेको हो । सोही वर्ष अफगानिस्तानले इन्छन एसियाडमा पनि नेपाललाई क्वाटरफाइनलमा दुई विकेटले हराएको थियो ।

अब समूह एमा रहेको नेपालले शनिबार आयोजक जापानसँग खेल्नेछ । सो खेल जितेमा नेपाल समूह विजेता बनेर अगाडि बढ्नेछ । दुई समूहबाट शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ । समूह बीमा मलेसिया, हङकङ र ओमान रहेका छन् । गत विजेता भारत, पाकिस्तान, श्रीलङ्का र बङगलादेशले सीधै अन्तिम आठमा खेल्नेछन् ।

नेपालका लाग वन डाउन ब्याट्सम्यान सन्दीप जोराले ३५ बलमा ३४ र रोहित पौडेलले ३२ बलमा अविजित ३३ रन बनाउनुभयो । कप्तान दिपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १५ रनको उपयोगी योगदान दिनुभयो । अफगानिस्तानका लागि दाउदजाई, अब्दुला अहमदजाई र अरब गुलले एक–एक विकेट लिनुभयो ।

यसअघि ललितले पहिलो स्पेलमै अफगानिस्तानका तीन शीर्ष ब्याट्सम्यानलाई पवेलियन फर्काएपछि खेलमा नेपालले पकड जमाएको थियो । अफगानिस्तानका लागि फैजल र नाजिबुल्लाले ३०–३० रन बनाउनुभयो । पुछारका ब्याट्सम्यान नान्गेयालिया खानले १५ बलमा तिन चौकासहित अविजित १७ रन बनाएपछि अफगानिस्तानले एक सय रन माथिको स्कोर बनाउन सकेको हो । यी तिनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । 

ललितले चार ओभरमा १३ रन खर्चर तीन तथा भुर्तेलले चार ओभरमा २१ रन दिएर चार विकेट लिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend